समाचार

काठमाडौँबाट धनगढी जाँदै गरेको बस दुर्घटना : १४ जना घाइते



कपिलवस्तु, १४ वैशाख । काठमाडौँबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

ना ७ ख ५१८७ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिकाको चप्परगाँंउमा दुर्घटना भएको छ । घाइते सबैको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ । बसको गियर बक्स बिग्रेका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।