मनोरञ्जन

बेलायती राजकुमार ह्यारी र मेगन बने बाबुआमा



एजेन्सी, २४ बैशाख । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कल बाबुआमा बनेका छन ।

बेलायती सञ्चारमाध्यमहरूका अनुसार उनिहरुलाई सोमबार पुत्रलाभ भएको छ । पत्नी मेगनले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिएको जनाएको छ ।

राजकुमार ह्यारी निकै हर्षित मुद्रामा देखिदै सञ्चारमाध्यमहरूलाई आफू साेमबारदेखि पिता भएको बताए । उनले आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो रहेको र पिता भएकोमा आफूलाई नौलो अनुभव भएको पनि जानकारी दिए ।

सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरूले गएको वर्ष वैवाहिक जीवनमा परिणत गरेका थिए ।