Banner News

अध्यक्ष प्रचण्डद्वारा सरकारलाई धन्यवाद



काठमाडौँ, २४ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई धन्यवाद दिएका छन् ।

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष दाहालले समृद्धि र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्न गरेको प्रयासका लागि सरकारलाई धन्यवाद दिएका हुन् ।

अध्यक्ष दाहालले विकसीत राष्ट्रमा जस्तै नेपालमा पनि अब विकास हुने प्रतिवद्धता जनाउदै सरकारले एक वर्षमा दुरीगामी महत्व र विकासको नयाँ आधार खडा गर्ने काम गरेको दाबी गरेका छन ।

उनले भने, ‘संपुर्ण नेपाली जनाताले अब केही संका मान्नु पर्दैन । योजना अनुसार कामहरु सबै पुरा हुने कुरामा विश्वस्त हुनु ।, अब नेपालमा पुर्व-पश्चिम रेल ल्याउने योजनासहितका जतिपनि भनिएका योजना छन् ति सबै छिट्टै पुरा हुन्छन् ।’

जसरी विगतका परिर्वतनहरु रक्षा गर्न सकेनौं, अब त्यो स्थिति हुने छैन भन्ने विश्वास दिलाउन दलहरु एकजुट हुनुपर्ने उनले बताए । हिजोको जस्तै त्याग, तपस्या र बलिदान गर्ने संकल्न नगर्ने हो भने खतराको घन्टी बज्न सक्छ । आज नभए भोलि, भोलि नभए पर्सि खतरा आउन सक्छ ।’

दलहरुको एकतामा जोड दिएका उनले अब एकअर्कासँग जति सकिन्छ निषेधात्मक रुपमा लडे हुन्छ भन्ने समय आइनसकेको बताए ।