राजनीति

मेयर शाक्यद्वारा बेरोजगारलाई बैशाख मसान्तभित्र विवरण बुझाउन आव्हान



काठमाडौँ, २४ बैशाख । काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बेरोजगार नागरिकलाई बैशाख मसान्त भित्र बेरोजगारिताको बिबरण बुझाउन आग्रह गरेका छन ।

काठमाडौँमा महानगरपालिकाको प्रि–बजेट छलफल कार्यक्रमा मेयर शाक्यले रोजगार कार्यक्रमको उद्देश्यलाई भ्रमित पार्ने टिप्पणी नगर्न आग्रह गर्दै सबै बेरोजगारलाई विवरण बुझाउन आव्हान गरेका छन ।

उनले भने, ‘यस कार्यक्रमले बेरोजगारलाई १०० दिनको रोजगारी दिन्छ । सूचीमा भएकाले यदि काम पाएनन् भने उनीहरुलाई निर्वाह भत्तावापत्को रकम दिइने हो । अहिले सरकारले रोजगार दिने बिषयभन्दा बेरोजगार भत्ता दिने रे भनेर असत्य चर्चा सुनिन्छ । सरकारले बेरोजगार भत्ता दिँदैन, सूचीमा परेकालाई काम नि सकिएन भने निर्वाहभत्ता दिन्छ ।’