समाचार

सार्वजनिक विदा



काठमाडौँ, २५  बैशाख । संघियताको कार्यान्वयनसँगै आफ्नो कला, सस्कृति, परम्परा लगायतका कुराहरुमा स्थानीय तहले आफ्नो आवश्यकता अनुसार विदा दिने गरेका छन् ।

यसै सवालमा ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख २९ गते सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको वैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले विदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले एक सूचिना प्रकाशित गरि महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र सांस्कृतिक पर्व भएकोले भव्यताका साथ मनाउने परम्परा रहि आएकोले नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा ९सरकारी पुजा गरिने दिन० सार्वजनि विदा दिने निर्णय गरेकोले २०७६ सालको हकमा यहि बैशाख २९ गते ९आइतबार० अष्टमीका दिन सार्वजनिक विदा हुने सूचनामा उल्लेख गरिएको छ ।