राजनीति

समावेशी आयोगलाई महिला समितिको निर्देशन : कार्यसम्पादनको विवरण त्रैमासिक रुपमा जानकारी गराउनु



काठमाडौँ, २८ बैशाख । प्रतिनिधिसभा महिला तथा सामाजिक समितिले राष्ट्रिय समावेशी आयोगको काम परणाममूखी नतिजा, क्रियाकला, गतिविधि, विश्लेषण, सामाजिक, आर्थिक लगायतका गतिविधिहरु समितिलाई त्रैमासिक रुपमा लिखित जानकारी गराउन निर्देशन दिएको छ ।

विहिवार समितिको कार्यालय सिंहदरवारमा बसेको हालसम्म गरेका काम कारवाही, भावि योजना तथा रणनीतिको बारेमा भएको छलफल कार्यक्रममा समितिको बैठकले मानिसको जीवनमा प्रत्यक्ष रुपमा प्रभाव पार्ने, विभिन्न प्रकारका छुवाछुत, हिंसा, सिमान्तकृत समुदाय, जेष्ठ नागरिक, अपाङ्ग, जनजाती लगायतको हक र हितको सवालमा विद्यमान नीति तथा कानुनको कार्यान्वयनको बारेमा जानकारी गराउन निर्देशन दिएको हो ।

समितिले उक्त समुदायका मानिसहरुको लागि बनेको नीति तथा कानुनको कार्यान्वयनको सवालमा भएका समस्याहरु तथा संवैधानिक जटिलता, गुणस्तरिय मानवको वृद्धि र विकासमा कार्यसम्पादन चुस्त र दुरुस्त गरी समितिमा जानकारी गराउन निर्देशन दिएको हो ।

समावेशी आयोगले राज्यका तीनै तहसँग समन्वय र सहकार्य गर्दै आफ्ना कार्यहरुलाई निर्वाद रुपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताका पक्षमा रही आयोगका काम कारवाही संवैधानीक तथा कानुनी आधारमा कार्य सम्पादन गरी सो को जानकारी समितिमा गराउन निर्देशन दिएको छ ।

समावेशी आयोगको भौतिक संरचना, जनशक्ति लगायतका स्रोत तथा साधनको अभाव हुनु नहुने भन्दै सम्बन्धीत निकायलाई सो अभाव तथा समस्या समाधान गर्न निर्देशन समेत गरेको छ ।