विश्व

लिवियाबाट १५ नेपालीको उद्धार (नामावलीसहित)



काठमाडौं, ६ जेठ । अवैध रुपमा लिविया पुर्‍याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।

कायरोस्थित नेपाली दूतावासका अनुसार डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको जनाएको छ ।

दूतावासका अनुसार उद्धार हुनेहरूमा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्की रहेका छन् ।