विश्व

इरानलाई सिध्याइदिने ट्रम्पको चेतावनी



एजेन्सी, ६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने भन्दै अमेरिकालाई नधम्काउन चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै  लेखेका छन्, ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त हुनेछ । अमेरिकालाई कहिल्यै धम्की नदिनू ।’

https://twitter.com/realDonaldTrump/status/1130207891049332737

इरान परमाणु सम्झौतालाई लिएर अमेरिका र इरानबीच केही दिनयता तनाव बढ्दै गएको छ । अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियारसहित आफ्ना सेनाको तैनाथी बढाएको छ ।