राजनीति

भक्तपुर नगरपालिकाका जनप्रतिनिधिद्वारा दुई बर्षे कार्यकालको विवरण सार्वजनिक



भक्तपुर, ८ जेठ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले दुई बर्षे कार्यकालको विवरण सार्वजनिक गरेका छन ।

मंगलबार एक कार्यक्रम आयोजन गरि नगरबासीलाई पदभार ग्रहण गरेको दुई बर्षको उपलब्धिबारे जनप्रतिनिधिले जानकारी गराएका हुन ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आव२०७५/०७६ का लागि चालू तर्फ ८७ करोड ९३ लाख ८८ हजार र पूँजीगत तर्फ ८५ करोड ४३ लाख १२ रुपैयाँ बिनियोजन गरेको जानकारी गराउदै उनले २०७६ बैशाख मसान्त सम्म चालू तर्फ बिनियोजित बजेटको ५४.६३ प्रतिशत अर्थात ४८ करोड १६ लाख २९ हजार बिभिन्न शिर्षकमा खर्च भएको बताएका छन् ।

त्यस्तै पूँजिगत तर्फ ३५ करोड ९२ लाख ९ हजार अर्थात ४२ प्रतिशत बिनियोजित बजेट खर्च भएको बताउँदै उनले नगरपालिकाले साउनदेखि बैशाखसम्मको कूल आन्तरिक आय भन्दा यस आर्थिक बर्ष २०७५/७६ मा ५ करोड ८० लाख आन्तरिक आय बृद्धि भएको जानकारी दिए ।

नगरपालिकाले पर्यटन शुल्क बापत मात्र २ करोड ९४ लाख २५ हजार आम्दानी गरेको र अन्य कर दस्तुर बापत २ करोड ८५ लाख ७५ हजार आम्दानी गरेको बताए ।

उनले बिगतमा जनप्रतिनिधि चयन हुनुअघि पार्टीले चुनाव प्रचार प्रसारमा लगायतको घोषणापत्रलाई आधार मानेर नै काम गरिरहेको बताए ।