स्वास्थ्य

बिषादीयुक्त भारतीय आँप उपयोग नगर्न डाक्टरको आग्रह



वीरगन्ज, २३ जेठ । भारतीय आँपलाई नेपाली बजारमा विषादी प्रयोग गरेर पकाइएकाले उपयोग नगर्न डाक्टरले आग्रह गरिएको छ ।

कर्वाइट नामक विषादी हालेर पकाइएका भारतीय आँप बजारमा बिक्री वितरण भइरहेकाले सो आग्रह गरिएको हो । वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका पूर्व अध्यक्ष विदुर गुप्ताले भारतबाट आएका दशहरी, सबुजालगायतका जातका आँप विषादीयुक्त रहेको बताएका छन् ।

भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आयात गरिएका हुन् । भारतका ती स्थानमा तापक्रम बढी हुने भएका कारण त्यहा आँप छिट्टै पाक्ने गरेको भएपनि अहिले नेपाली बजारमा बिक्री भइरहेका भारतीय आँपमा भने विषादी राखेर पकाउने गरिएको उनले बताए ।

नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले उक्त विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने भएकाले प्रयोग नगर्न आग्रह गरेका छ ।