स्वास्थ्य

एक हजार जनाको आँखा शल्यक्रिया



 कैलाली टीकापुरस्थित आँखा उपचार केन्द्रले एक हजार २१९ जना बिरामीको आँखाको शल्यक्रिया गरेको छ ।

उक्त केन्द्रले चालू आर्थिक वर्षकोअहिलेसम्म एक हजार १५० जनाको मोतिबिन्दु, २२ जना मासु पलाएका, ३५ जना आनोको समस्या भएका र १२ जना परेलाको उल्टो ढकनी भएका बिरामीको शल्यक्रिया गरिएको हो ।

उपचार केन्द्रले महीनामा सयभन्दा बढीको शल्यक्रिया गर्ने गरेको केन्द्र लेजनाएको छ । उपचार केन्द्रले गाउँगाउँमा गएर आँखा उपचार शिविर सञ्चालन गरेर उपचार र शल्यक्रिया सेवासमेत दिने गरिएको छ । केन्द्रमा चालू आवकोे ११ महीनामा ३२ हजार बिरामीले उपचार सेवा लिएका छन् । उपचार केन्द्रमा दैनिक दुई सय जनासम्म बिरामी आउँछन् ।