स्वास्थ्य

झाडापखलाको महामारी



सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ ।

गाउँपालिका अध्यक्ष केदार क्षेत्रीका अनुसार झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएको र केहीको स्थिति गम्भीर रहेको बताएका छन् ।

विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह थियो । त्यही बिहेको भोज खाएपछि यो महामारी देखा परेको हो ।

विषाक्त खाना भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दूषित पानीका कारण महामारी फैलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताए ।

झाडापखलाका कारण विरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केहीको स्थिति गम्भीर छ ।