राजनीति

हनुमन्ते नदी सफाईको ६७औं हप्ता : बरिष्ठ कलाकार खड्का र नायिक उप्रतीको आतिथ्यमा हुने



भक्तपुर, २८ जेठ । उठौं, जागौं हनुमन्ते नदी सफा गर्न लागौं भन्ने मूख्य उद्घोषका साथ शुरु गरिएको हनुमन्ते नदीको ६७औं हप्ताको विशेषमा कलाकार संघका अध्यक्ष तथा बरिष्ठ चलचित्र निर्देशक रविन्द्र खड्का तथा बरिष्ठ उपाध्यक्ष तथा नायिक रेजिना उप्रेतीको विशेष उपस्थीतिमा भब्य रुपमा भव्य रुपमा सम्पन्न हुने भएको छ ।

भोली बुधवार विहान ७ बजेदेखी भक्तपुरको पाण्डुबजारदेखी उक्त सफाई अभियान हुने भएको हो । भक्तपुरमा सञ्चालिन हनुमन्ते तथा अरनिको राजमार्ग सफाई अभियानले नदीको फाहोर टिप्नेमात्र नभई आम भक्तपुरका जनताको मनलाई नै सफा बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

अभियान शुरु भएसँगै भक्तपुरमा हुने सडक दुर्घटना, हत्या, हिंसा, दुव्र्यसनी न्युनिकरण भइरहेका छन् । यो सँगै भक्तपुरमा भएका विकास निर्माणका कार्यहरुलाई समेत अभियानले प्रत्यक्ष रुपमा निगरानी गरिरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा शुरु गरिएको उक्त अभियानले विकास निर्माणको निगरानीमात्र नभई भक्तपुरको विकृति तथा विसंगतिलाई समेत न्युनिकरण गर्दै अघि बढेको छ ।

भक्तपुरको सफाई अभियानले केवल भक्तपुरमा मात्र सफाई अभियान सञ्चालन नगरी देशभरिका ठाउँहरुमा सफाई अभियान सञ्चालन गर्ने प्रेरणाको स्रोत समेत बनेको छ । राज्यको शुन्य लागतमा सफाई अभियान सँगै विकास निर्माणका कार्यहरुमा गर्न सम्भव छ भन्ने कुरालाई देशभर जनता, विभिन्न संघ संस्था, जनप्रतिनिधिलाई उत्साहित बनाउँदै व्यवहारिकतामा लागु समेत भइरहेका छन् ।