राजनीति

निर्माण व्यवसायी महासंघद्वारा आन्दोलन स्थगित



काठमाडौँ, २९ जेठ । निर्माण व्यवसायी महासंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

सार्वजनिक खरिद नियमावालीको विरोध गर्दै आएका महासंघले सरकारले नियमावली माग अनुरुप संशोधन गर्ने प्रतिबद्धतापछि आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सार्वजनिक खरिद ऐन संशोधनको बेला सम्बोधन गर्ने प्रतिवद्धता प्रधानमन्त्री केपी शर्मा ओली आफैले गरेपछि आन्दोलन स्थगित गरेको जनाएको हो । महासंघले भुक्तानी गर्न बाँकी रहेका निर्माण व्यवसायीहरुको रकम पनि तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।