स्वास्थ्य

कुष्ठरोग प्रभावितका लागि निःशुल्क शल्यक्रिया शिविर



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा कुष्ठरोग प्रभावित व्यक्तिको हातखुट्टा र आँखासम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।

ललितपुर, टिकाभैरवस्थित आनन्दवन अस्पतालमा आज सोमबार देखि सुरु भएको शिविर ६ गतेसम्म उक्त शिविर सञ्चालन हुनेछ ।

देशभरिबाट कुष्ठरोगी भई हातका औँलाहरुको अपाङ्गता भएका, खुट्टा लत्रिने अपांगता भएका  र आँखा बन्द नहुने लगायतका समस्या भएका व्यक्तिलाई उक्त शिविरमा सम्पर्क राख्न अनुरोध गरिएको छ । अस्पतालका तर्फबाट ३ जना अर्थोपेडिक सर्जन र अन्य स्वास्थ्यकर्मी शिविरमा बस्ने जनाइएको छ ।