राजनीति

वाङमय शताब्दी पुरुष जोशीको भब्य नागरिक अभिनन्दन



भक्तपुर, ७ असार । वाङमय शताब्दी पुरुष पदवीबाट बिभुषित महाविधावारिधिबाट सम्मानित व्यक्तित्व शताब्दीपुरुष सत्यमोहन जोशीको एक सय वर्ष पुगेको अवसरमा शुक्रबार भक्तपुरमा शताब्दीपुरुष सत्यमोहन जोशीको भब्य नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भएकोछ ।

शताब्दी पुरुष सत्यमोहन जोशी मूल अभिनन्दन समारोह समितिका संयोजक नरेन्द्र भक्त हाडाको सभापतित्वमा सप्पन्न कार्यक्रममा अभिनन्नन्दित जोशीले आफू सय बर्ष भएकोले अभिनन्दन गरेको होइन कला, भाषा, संस्कृती आफुले काम गरेको योगदानलाई सम्मान गरेको उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुर अत्यन्तै संस्कृतिले धनी भएको ठाउँ हो । यहाँ विश्व सम्पदा सुचिमा रहेको पाँच तल्ले मन्दिर दतात्रय मन्दिर भक्तपुरको मात्र नभएको विश्वकै भएको बताउनु भयो । खान बस्न लाउन पाउँदैमा समृद्धि र सुखी हुदैन कला संस्कृतीलाई जिवन्त राखेर त्यसलाई संरक्षण गरि समय अनुसार परिवर्तन गरिनु पर्ने अनि राजनीति विकास हुनेछ । समृद्धि नेपाल बनाउन नेताहरुमा घैटोमा घाम नलागेको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिभाका सांसद महेश बस्नेतले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको भव्य अभिनन्दन कार्यक्रममा आफुले पनि सरिक हुन पाउँदा ज्यादै खुशी व्यक्त गर्नु भयो । सरकारले भक्तपुरको लागि आगामी बजेटमा ३ अर्व भन्दा बढी बजेट आएको त्यसमा कला संस्कृतिमा पनि बजेट रहेको जानकारी गर्नु भएको छ ।

राष्ट्रको अभिभाव तथा सादा जीवन उच्च विचाकार धनीको रुपमा जोशी रहेको बताउँदै उहाँले भक्तपुर कला, संस्कृति तथा परम्पराको केन्द्रविन्दु रहेको बताउनुभयो । कला र संस्कृतिको माध्यमबाट भक्तपुरको मुहार फेर्न सकिने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल मुल आयोजक समितिका सह संयोजक त्रिरत्न शाक्य भैरव रिसाल, तिकल प्रसाद कायस्थ रमापतिराज शर्मा महेन्द्र गोपाल कर्मचार्य लगाएयतले सत्यमोहन जोशीको योगदानबारे चर्चा गर्नु भयो ।

शोभा र्‍याली वाहाखा बजारदेखि शंखधर चोक सम्म र्बदतात्रय चोकमा भेला भएर इनाचो सुकुलढोका टौमढी नासमना हुदै बंशगोपाल भएर अजिमा पार्टी महल बाराही स्थानसम्म बाजागाजा सहित सांस्कृतिक र्‍याली भएको हो ।