विश्व

किम जोङ ऊनलाई ट्रम्पको चिठी



एजेन्सी, ९ असार । उत्तर कोरियाली नेता किम जोङ ऊनलाई  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले  चिठी पठाएका छन ।

उत्तर कोरियाली सञ्चारमाध्यमको अनुसार उक्त चिठीमा ‘चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने’ आशय व्यक्त गरिएको जनाएको छ । किम जोङले ट्रम्पको ‘असाधारण साहस’को पनि प्रशंसा  गरेका छन ।

जुन महिनाको प्रारम्भमा उत्तर कोरियाली नेताले आफूलाई एउटा सुन्दर चिठी पठाएको ट्रम्पले बताए ।