Banner News

विप्लव समूह फाँसिवादी : मन्त्री बाँस्कोटा



काठमाडौँ, १२ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लव समूहले प्रतिक्रान्तिकारी र फासिवादी काम गरेको बताउनुभएको छ ।

बिहिबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले बारम्बार वार्ताका लागि बोलाउँदा पनि उनीहरु नआएको बताउनुभयो ।

विप्लव समूहले नेपालले पाएको परिवर्तनको उपलब्धिलाई पनि गुमाउने गरि काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश नै टुक्रयाउछु भनेको सिके राउत पनि सरकारसँग वार्ता गरेर मूलधारमा आएको छ। उनीहरु केको लागि हत्या आतंकको बाटोमा हिडेका छन् । उनीहरुले खासमा क्रान्तिकारी नभएर प्रतिक्रान्तिकारी फासिबादी गतिविधि गरिरहेका छन ।’

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकामा खुल्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले थाहा नगरपालिका ९ स्थित स्वच्छन्द भैरव माविको नाममा रहेको १७९ रोपनी १२ आना २ पैसा जग्गा विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटमा विश्वविद्यालयको प्रस्ताव गर्दै एक अर्ब १० करोड बजेट छुट्याएको थियो ।