राजनीति

नेपाली कांग्रेस सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न



काठमाडौँ, १६ असार । नेपाली कांग्रेस सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिको आयोजनामा आयोजित समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं सम्मानिय पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा हिमाल, पहाड, तराई—मधेस जनजागरण अभियान अन्तर्गत एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सभापति देउवाले सोलुखुम्बु जिल्लाको पार्टी भित्रको समस्या आफु जानकार रहेको र छिट्टै समाधान गरिने समेत बताएका छन् ।

उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै प्रशिक्षकहरु पार्टि प्रबक्ता बिश्व प्रकाश शर्मा र बार एसोसिएसनका पुर्व महासचिव सुनिल पोखरेलले‌ गुटबन्दीको राजनीति त्याग गर्दै पार्टि एक ढिका हुनुको विकल्प नरहेको बताएका छन् ।