Banner News

प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति पूर्ण विश्वस्त छैन : मन्त्री खतिवडा



काठमाडौँ, १७ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति पूर्ण विश्वस्त हुन नसकेको बताएका छन ।

सोमबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै मन्त्री खतिवडाले विश्वमा प्रविधिको प्रयोग बढ्दै गएको र प्रविधिको प्रयोगसँगै चुनौतीहरु पनि थपिदै गएको बताए ।

उनले भने, ‘मैले यही क्षेत्रमा लामो समय काम गरिसकेँ, तर अझै म प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति पूर्ण विश्वस्त हुन सकेको छैन भने अरुको हालत के होला ?’

आज देखि  शुरु भएको उक्त सम्मेलन भोलीसम्म चल्नेछ । दी अर्गनाइजेशन फर इकोनोमिक को-अपरेशन एण्ड डेभलपमेन्ट अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशनसँगको सहकार्यका धितोपत्र बोर्डले ‘ओईसीडी-सेवन कन्फेरेन्स एण्ड राउण्ड टेबल अन फाइनान्सियल कन्जुमर प्रोटेक्सन एण्ड एजुकेशन इन एशिया प्यासिफिक’ विषयक सम्मेलन आयोजना गरेको हो ।