स्वास्थ्य

म्याद नाघेका औषधि फेला



स्याङ्जामा म्याद नाघेका औषधि फेला परेको छ ।

बुधबार कालीगण्डकी गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको हो ।

गाउँपालिकाका प्रशासकीय प्रमुख गणेश खनालका अनुसार गाउँपालिकाको वडा नं ७ स्थित मिर्मीबजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधिसमेत भटिएको र सुरज मेडिकलहलबाट १० प्रकारका म्याद नाघेका औषधि जफत गरेको साथै अन्य किराना पसलबाट जुस, बिस्कुट, सोडा, चिप्सलगायतका खाद्यवस्तु म्याद नाघेको पाइएका जनाएको छ ।

उक्त अनुगमनका क्रममा सङ्कलन गरिएका वस्तुलाई नष्ट गर्नुका साथै व्यापारीलाई सचेत बनाइएको गाउँपालिकाले जनाएको छ ।