विश्व

जग्गाको विवाद हुँदा झडपमा परि १० जनाको मृत्यु, १५ घाइते



एजेन्सी, २ साउन । जग्गाको विषयलाई लिएर झडप हुँदा भारतमा १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

भारतको उत्तर प्रदेशमा सोनभद्र जिल्लाको घोरावल कोतवाली क्षेत्रमा रहेको मूर्तिया ग्राम पन्चायत उक्त झडप भएको हो । गोली, लौरो,बन्चरो र ढुंगा लिएर झडपमा उत्रेका उनीहरुबीच लामो समयसम्म हानाहान भएको जसमा १० को मृत्यु र १५ घाइते भएको भारतीय संचारमाध्यमले जनाएको छ ।

उनीहरुबीच १०० बिघा जग्गाको विषयलाई लिएर विवाद भएको र उक्त झडप गौंड बिरादरी र गर्जुर बिरादरीका स्थानियबीच भएको थियो । दुबै तर्फबाट सयौंको संख्यामा मानिसहरु जम्मा भएका थिए ।