विश्व

काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा चार जनाको मृत्यु



काबुल, ३ साउन । अफगानिस्तानमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।

शुक्रबार बिहान ७ः१०मा काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट हुदा चार जनाको मृत्यु भएको र घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको अधिकारीहरुले जनाएका छन ।

यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।