स्वास्थ्य

प्याडको विद्यालयमै व्यवस्था गरेपछि नतिजामा सुधार



कैलालीमा प्याडको विद्यालयमै व्यवस्था गरेपछि छात्राको नतिजामा सुधार आएको छ ।

महीनावारीका बेला आवश्यक प्याड अभावमा धेरै छात्राले कक्षा छाडेर घर जाने गर्थे । सामुदायिक विद्यालयले छात्रालाई महीनावारी भएका बेला आवश्यक पर्ने प्याडको विद्यालयमै व्यवस्था गरेपछि छात्राको नतिजामा सुधार आएको विद्यालय प्रशासकले जनाएको छ ।

महीनावारीको समयमा दैनिक पाँच जनासम्म छात्राले कक्षा छाड्थे । हाल बिदा मागेर घर जाने छात्रा घटेका छन् । टीकापुरस्थि सरस्वती माविमा कक्षामा प्रथम, द्वितीय, तृतीय हुनेमा छात्रा अगाडि छन् । छात्र करीब ३० प्रतिशत मात्र उनीहरुको प्रतिस्पर्धामा छन् ।

त्यस्तै कर्णाली मावि टीकापुरमा समेत विद्यालयमै प्याड वितरण थालेपछि विद्यालयमा छात्राको उपस्थिति बढेको छ ।