समाचार

करेन्ट लागेर घाइते भएका एक जनाको हेलिकप्टरद्वारा उद्धार



खोटाङ, १८ साउन । खोटाङबाट करेन्ट लागेर गम्भीर घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय धनकुमार तामाङ्लाई स्थानीयवासीको घरमा मिटरबक्स जडान गर्नेक्रममा तामाङलाई करेन्ट लागेको हो ।

सांसद विशाल भट्टराई र प्रदेशसभा सदस्य राजन राईको पहलमा तामाङलाई नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरि काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।