समाचार

१७ वर्षीया बोलबमयात्रुको मृत्यु



सर्लाही, १९ साउन । सर्लाहीको बागमती नदीबाट जल बोकेर भारतको बिहार राज्यको मढियाधाम जाँदै गरेकी बोलबमयात्रुको मृत्यु भएको छ ।

बिआर ३० भि ७१८७ नम्बरको मोटरसाइकलमा जाँदै गरेकी चक्रघट्टा गाउँपालिका ९ बस्ने हृदय दासकी १७ वर्षीया छोरी रामशिला दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपरित दिशाबाट जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले ठक्‍कर दिँदा उनकी छोरी गम्भीर भएकी थिइन् । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको हो।

मृतक दासको शव पोष्टमार्टमका लागि सर्लाही अस्पतालमा राखिएको र ट्याक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ।