स्वास्थ्य

१६ लाख छात्रालाई नि:शुल्क प्याड वितरण गरिने



सरकारले सामुदायिक विद्यालयका १६ लाख छात्रालाई निस्शुल्क प्याड वितरण गर्ने भएको छ ।

महिनावारी हुँदा विद्यालयमा छाड्ने छात्राको संख्या कम गर्न र सो समयमा पनि विद्यालय जान प्रेरित गर्ने सरकारले आगामी भदौदेखि सामुदायिक विद्यालयका झण्डै १६ लाख छात्रालाई महिनावारी हुँदा प्रयोग गर्ने प्याड वितरण गरिने भएको  छ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारी विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म पढ्ने छात्राहरुलाई महिनावारी हुँदा प्रयोग गने सेनेटरी प्याड निशुल्क वितरण गर्ने घोषणा गरेको थियो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा परिवार नियोजन तथा स्वास्थ्य प्रजनन् शाखा प्रमुख कविता अर्यालले प्याड वितरणका साथसाथै जनचेतनालाई सँगै अगाडी बढाइने बताएकी छन ।