समाचार

कारसँग स्कुटर ठोक्किँदा स्कुटर चालक घाइते



भक्तपुर, २६ साउन । भक्तपुरमा कार र स्कुटर ठोक्किँदा स्कुटर चालक घाइते भएका छन् ।

शनिबार राति गठ्ठाघरमा बा २१ च १८६६ नम्बरको कारसँग प्रदेश ३–०२, ००२ प ७५०४ नम्बरको स्कुटर ठोक्किँदा दुवाकोटका ३० वर्षीय विशाल घिमिरे घाइते भएका छन् ।

घिमिरेको नागरिक अस्पताल गठ्ठाघरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।