राजनीति

मुख्यमन्त्री पौडेलले भने, कसैले राजधानी सार्न खोजे पाप लाग्छ !



हेटौंडा, २७ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी सार्ने विषय कसैले सोचे वा सार्न खोजे उसलाई पाप लाग्ने बताएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरको चौंथो जिल्ला सभालाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले भने, ‘यो प्रदेशको मुख्मन्त्री भएको समयमा मेरो घरको आँगनमा भएको राजधानी बाहिर कसैले लैजाने कुरा सोचे मात्र पाप लाग्छ ।’

मुख्यमन्त्री पौडेलले यो कुराको कल्पनासमेत नगर्न सुझाव उनले संविधानतः प्रदेश सभाका सदस्यले टुङग्याउने बिषय भए पनि अहिले गणितीय हिसाबमा ७४ जना पुर्‍याउन सक्ने अवस्थामा नभएको र  सबै प्रदेशसभा सदस्यलाई आफ्नो पक्षमा राख्न सबैको भूमिका आवश्यक रहेको बताए ।