राजनीति

मैना सुनुवार हत्याकाण्डका दाेषी जाेगाउन सेना अनाधिकृत रुपले अदालत पस्याे



काठमाडौँ, २८ साउन । फौजदारी कसुरमा दोषी ठहरिएकालाई समेत कारबाही फिर्ता गर्न नेपाली सेनाले रिट निवेदन दिन पाउने नागरिक अधिकर दुरुपयोग गरेको भेटिएको छ ।

चर्चित मैना सुनुवार हत्या काण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानुन नै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा रिट दायर गरेको फेला परेको हो ।

गत वर्ष भदौमा सेनाले दायर गरेको रिट सर्वोच्चमा प्रारम्भिक कारबाहीको अवस्थामा छ । जब कि संविधान र कानुनअनुसार यो दर्ता हुने प्रकृतिको निवेदन होइन ।

तीन फरार सैनिक अधिकारीको प्रतिक्षामा सेना सर्वोच्च अदालतमा पुगेको हो । काभ्रेकी मैना सुनुवार हत्याको अभियोगमा दोषी ठहरिएका तीन जना ‘कसुरदार’ सेनाको प्राड विभागले बचाउ गरेको हो । यो समाचार आजकाे कान्तिपुर दैनिकमा छ ।