राजनीति

विवादित विधेयकहरु सरकार एक्लैले पास गर्दैन : मन्त्री पुन



काठमाडौँ, २८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मिडिया काउन्सिललगायतका विवादित विधेयकहरु सरोकारवाला निकायसँग सहमति गरेर मात्रै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

सोमबार काठमाडौँमा नेपाल आदिवासी जनजाति पत्रकार महसंघ (फोनिज)को २०औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले विवादित विधेयक सरकार आफू एक्लैले पास गरेर अघि बढ्ने पक्षमा नरहेको बताए ।

उनले भने, ‘सरोकारवाला निकायसँग छलफल हुन्छ, ‘सरोकारवाला निकायसँगको सहमतिपछि मात्रै ती विधेयकलाई अघि बढाउन सरकार तयार छ ।’

सरकार समावेशी लोकतन्त्रको मूल्य र मान्यता अनुसार सबैको मत लिएर अघि बढ्ने बताउदै पुरानै राजनीतिक प्रणालीको अवशेष अझै पनि बाँकी रहेको हुन सक्ने भए पनि सरकार नयाँ राजनीतिक ढाँचा अनुसार अघि बढ्न प्रतिवद्ध रहेको स्पष्ट परेका छन ।