विश्व

चीनमा ‘लेकिमा’ आँधीका कारण ४४ को मृत्यु, १६ जना बेपत्ता



एजेन्सी, २८  साउन । चीनमा आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

शनिबार आएको आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् । यस भीषण आँधीबाट झेजिआङ्का करिब ६६ लाख ८० हजार नागरिक प्रभावित भएका सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

तीमध्ये १२ लाख ६० हजार नागरिक विस्थापित भएका छन् । यस आँधीबाट २४.२२ अर्ब युआन प्रत्यक्ष रुपमा आर्थिक हानी भएको बताइएको छ ।