विश्व

अमेरिकी बालस्याहार केन्द्रमा आगलागी हुँदा ५ जनाको मृत्यु



एजेन्सी, २८ साउन । अमेरिकाको दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।

पेन्स्याल्भानियामा रहेको स्याहार केन्द्रमा आगलागी भएकोमा बालबालिकाहरु भित्रै थुनिएकाले जलेर मृत्युभएको सोमबार अधिकारीहरुले जनाएको छ ।

आइतबार बिहान बालबालिकाहरू सुतिरहेका बेला दोस्रो तलामा आगलागी भएको हो । स्थानीय अग्नि नियन्त्रण प्रमुख गुय सन्तोनका अनुसार  मृत्यु भएका बालबालिकाहरू आठ महिनादेखि सात बर्षसम्मका रहेको जनाएका छन ।

आगलागी भएको २५ मिनेट भित्रमै अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए ।