स्वास्थ्य

५ वर्षमा ८ हजार ३ सय जना डेंगु संक्रमित



इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ५ वर्षको तथ्याङक अनुसार  ८ हजार ३ सय १० जनालाई डेंगूको संक्रमण फैलिसकेको छ ।

५ वर्षको तथ्याङक अनुसार सबैभन्दा धेरै प्रदेश नं. १ मा ४ हजार १ सय ४५ जनामा संक्रमण देखिएको छ । ०७६ वैशाखदेखि साउन २२ सम्म पनि २८ सय भन्दा धेरै बिरामी सुनसरी जिल्लामा देखिएको छ ।

त्यस्तै प्रदेश न. २ मा ८ सय जना, प्रदेश न. ३ मा १ हजार २ सय ८२, गण्डकी प्रदेशमा ६ सय २९, प्रदेश न. ५ मा १ हजार ३ सय ३१, कर्णाली प्रदेशमा २८, सुदूरपश्चिम प्रदेश ८८ जनामामा डेंगू लागेको महाशाखाले जनाएको छ ।

आर्थिक वर्ष ०७०/०७१ देखि ०७५/०७६ सम्मको तथ्याङकमा सबैभन्दा धेरै संक्रमण आव ०७५/०७६ मा देखिएको छ । जसमध्ये ३ हजार ४ सय २५ जनामा डेंगू संक्रमण भएको महाशाखाको तथ्याङकले देखाएको छ । सबैभन्दा कम आर्थिक वर्ष ०७१/०७२ मा १३४ जनामा डेंगू लागेको भेटिएको छ ।