स्वास्थ्य

सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड



कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटिएम मेसिन’ जडान गरेको छ ।

अध्ययनरत् छात्राहरु सहजताका लागि २४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याड जुनसुकै बेला लिन सक्ने गरी सो मेसिन जडान गरिएको नगरप्रमुख अशोककुमार चन्दले बताए ।

नगरपालिकाले रु २६ लाख ३३ हजारमा सो मेसिन जडान गरेको हो । महिनावारी भएको बेला पनि छात्राहरुलाई सहज हुने भएकोले मेसिन विद्यालयमै जडान गरिएको नगरप्रमुख चन्दको भनाइ थियो ।