राजनीति

सिंगापुरबाट फर्किनासाथ प्रधानमन्त्री ओली सक्रिय



काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका छन् । उपचारका लागि १० दिन सिंगापुर बसेर सोमबार फर्कनेबित्तिकै नेकपा अध्यक्षसमेत रहेका ओली सचिवालय बैठकको तयारीमा जुटेका हुन् । यस क्रममा उनले सचिवालय सदस्यहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग बालुवाटारमा भेटघाट गरेका थिए । उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।