समाचार

पातञ्जलको उद्गमस्थल भक्तपुर शाखाले पुरा गर्यो १ वर्षे कार्यकाल



भक्तपुर, ३ भदौ । नबराज काफ्ले । पातञ्जल योग समिति नेपालको उद्गमस्थलको रुपमा ईतिहास रच्दै योगजागरण अभियानमा होमिएको भक्तपुर जिल्लाले प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ ।

एक वर्षे कार्यकालसँगै प्रथम अधिवेशनबाट योग प्रसाद आचार्यको नेतृत्वमा ४ वटै नगर अध्यक्ष सहित ४१ सदस्य कार्यसमिति चयन गर्दै १ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यसमितिमा उपाध्यक्षमा बुद्धलक्ष्मी त्वयाना र उमेश सैजु, सचिवमा श्रृजनामल्ल ठकुरी, कोषाध्यक्षमा रन्जिता न्यौपाने हमाल, सहसचिवमा शुरेस थापा, सदस्यहरुमा केदारप्रसाद काफ्ले, मैया मल्ल, सन्ध्या झा, गुहेश्वरी शाक्य, पद्मा मिश्र, श्रीराम ब्यान्जु, सिता चुल्हाद्यौ, निर्जला पौडेल, सुबोध खडका, डम्बर कुमारी श्रेष्ठ, निरा दहाल, हेमा प्रजापति, गगन तामाङ, हिरामान सुकभटु, अभय श्रेष्ठ, उमा दवाडी, विष्णु सुवेदी, प्रज्ञा न्यौपाने, उमेशमान मधिकर्मी, राजेन्द्र नकर्मी, निर्मल चौलागाई, कान्छीमाया प्रजापति, अशोक नेपाली, सुचिता सैजु, दुर्गा शर्मा, अनिता वस्नेत, कविता कार्की, तिर्थलाल कुटु, मिना नगरकोटी, केशव न्यौपाने, तुलसी पहाडी र नगर अध्यक्षहरुमा चाँगुनारायणबाट सुर्वण न्यौपाने, भक्तपुरबाट बालकृष्ण प्रधान, सूर्यविनायकबाट मोहनकृष्ण श्रेष्ठ, मध्यपुर थिमिबाट निर्जना उदास सर्वसम्मत चयन हुनुभएको छ ।

पातञ्जल योग समिति नेपालका संरक्षक वालमुकुन्द सुवालले नवनिर्वाचित सम्पूर्ण नेतृत्वलाई वधाइ एवं शुभकामना दिनु हुँदै आगामी कार्यकालभित्र भक्तपुर जिल्लालाई योगमय बनाउन यो नेतृत्वलाई सफलता मिलोस भनि शुभकामना समेत व्यक्त गर्नु भयो ।

पूर्नगठन एवं पदस्थापन समारोहमा पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले आचार्यको सफल नेतृत्व प्रति आभार प्रकट गर्दै पातञ्जल योग समितिको विधान, नियम र आचारसहिताको निर्देशित परिधिभित्र रहि सक्रिय र ईमान्दारिताका साथ क्रियाशिल भएर योग जागरण अभियानमा लाग्न आहवान समेत गर्नुभयो ।

त्यसैगरि केन्द्रिय सदस्य दिपक प्रसाद नेपाल, केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष योग प्रसाद आचार्य, सूर्यविनायक नपा ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, शुभकामना वचत ऋण सहकारी संस्थाका अध्यक्ष न्हुच्छेकुमार त्वायना लगायतका वक्ताहरुले योगको विषयमा चर्चा गर्नुहुँदै नयाँ नेतृत्वलाई बधाई एवं शुभकामना प्रकट गर्नुभएको थियो ।

पदस्थापन कार्यपश्चात उपस्थित सम्पूर्ण सहभागीलाई सहकारी एवं तिजको विषयमा करिब २ घण्टा प्रशिक्षण गराईएको शुभकामना वचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य एवं महिला विभाग प्रमुख मेनुका प्रधानले अवगत गराउनु भयो । सोहि दिन सम्पूर्ण निर्वाचिन नेतृत्वलाई पद तथा गोपनियताको सपथग्रहण समेत गराईएको जिल्ला सचिव श्रृजना मल्ल ठकुरीले जानाकारी दिनुभएको छ ।