समाचार

तिलोत्तमामा आगलागी, लाखौंको क्षति



रुपन्देही, ३ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजारको एक पसलमा आगलागी भएको छ ।

गएराति ११ बजेतिर स्थानीय गोपाल अर्यालको थोक किराना पसलमा आगलागी भएको हो । आगलागीबाट करिब ८० लाख रुपैयाँको क्षति भएको अनुमान छ ।

पसल बन्द गरेर घरमा गएको अवस्थामा भएको आगलागीबाट पसलमा राखिएका दैनिक उपभोग्यलगायतका सामान जलेर नष्ट भएका छन् ।

तिलोत्तमा, बुटवल र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।