समाचार

आजको मौसम



काठमाडौँ, ३ भदौ ।  आज मंगलबार काठमाडौँ लगायत देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखालको अनुसार मनसुनी बादलको विकास भएकाले सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही भूभाग तथा पूर्वका केही भूभागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै, मंगलबार राति  मध्य र पश्चिमी क्षेत्रका केही भूभागमा र पूर्वका केही भूभागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ भने देशका अन्य ठाउँमा पनि सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।