राजनीति

प्रोफेसर थिङ र मन्त्री पोखरेलबीच भेटवार्ता



काठमाडौँ, ४ भदौ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङबीच भेटवार्ता भएको छ ।

मंगलबारदेखि काठमाडौँमा सुरु भएको मार्क्सवाद र एसियाली दर्शन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका प्रोफेसर थिङले बुधबार मन्त्री पोखरेलसँग भेटवार्ता गरेका हुन ।

उक्त भेटमा प्रोफेसर थिङले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी विषय अध्ययनको लागि चीन सरकारले बार्षिक १ हजार विद्यार्थी पठाउने इच्छा व्यक्त गरेका छन।

नेपाल सरकारसँगको सहमतिमा वार्षिक १ हजारको संख्यामा विद्यार्थी पठाउन चीन सरकार तयार रहेको प्रोफेसर थिङले बताएका थिए ।

मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय देशको अहिलेको आवश्यकताको बिषय भएको भन्दै गुणस्तरीय शिक्षा दिने विश्वास दिलाए ।