विश्व

ग्वानझाउ प्रान्तमा बस पल्टिँदा सात जनाको मृत्यु, ११ घाइते



एजेन्सी, १० भदौ । चीनमा बस पल्टिँदा सात जनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार सोमबार मध्यरातमा दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा छ जनाको घटनास्थलमा नै मृत्युु भएको अन्य एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । यस बसमा ४७ जना सवार रहेका थिए । छ जनाको घाइते भएका अन्य ११ जनाको अवस्था सामान्य रहेको छ । दुर्घटना हुनुको कारण भने थाहा भएको छैन ।