राजनीति

विप्लव समूहका नगर इञ्चार्ज पक्राउ



काठमाडौँ, १९ भदौ । ‘विप्लव’ समूहका एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन् ।

बुधबार बिहान परशुराम नगरपालिका–१० जोजलाका ‘विप्लव’ समूहका नगर इञ्चार्ज तथा जिल्ला सदस्य ३५ वर्षीय दमन नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखि उनीमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।