राजनीति

सांसद लामाद्वारा चिकित्सा शिक्षा क्षेत्रमा ७५ प्रतिशत निःशुल्क व्यवस्था गर्न माग



काठमाडौँ, १९  भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा नेतृ, पूर्वअनेरास्ववियुको अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद नविना लामाले चिकित्सा शिक्षा क्षेत्रमा ७५ प्रतिशत निःशुल्क शिक्षाको व्यवस्था लागू गर्न माग गरेकी छन  ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद लामाले चिकित्सा शिक्षा ऐनको उलंघन भएकोप्रति संसदमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलको ध्यानाकर्षण गराएकी हुन ।

उनले भनिन, मेडिकल अध्ययन गर्ने विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । किनभने लामोसय विद्यार्थी आन्दोलन, चिकित्साकर्मी, डा. गोविन्द केसी र सरोकारवाला सबै पक्षले आन्दोलन र हाम्रो बलिदानसँग जोडिएको चिकित्सा ऐनलाई उलंघन गरिएको छ ।’ ‘हामीले विस्वास गरेका आइओएमले समेत यो ऐनको उलंघन गरेका छ ।’

महाराजगञ्ज चिकित्सा क्याम्पस, काठमाडौं स्कुल अफ साइन्स क्याम्पस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता सार्वजनिक शिक्षण संस्थाहरूले स्थानीय तहको कार्यक्रममा उपलब्ध सीट संख्याको ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिको व्यवस्था उल्लंघन गरेको उनले बताइन् ।

उनले निजी कलेजहरुले कानुन विपरित शुःल्क लिने गरेको, कानुनमा व्यवस्था भएवमोजीम छात्रवृत्ति उपलब्ध नगराएको र शुल्क र परिक्षामा एकरुपता नभएको विषयमा शिक्षामन्त्रीको गम्भिर ध्यानाकर्षण गराउदै भनिन, ‘त्यो व्यवस्थालाई आज कुनै पनि कलेजले पालना गरेको छैन । यसको उल्लंघन किन भइरहेको छ ? आन्दोलनसँग जोडिएको चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा यदि सरकारले हेलचेक्र्याइँ नहोस् ।’