राजनीति

सांसद जिसीको थापालाई प्रश्न : प्रम ओली ‘गोलघर’मा हुँदा तपाई आमाको भ्रुणमा त हुनुहुन्थ्यो ?



काठमाडौँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ तथा प्रतिनिधिसभाका सांसद मनकुमारी जिसीले प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षिदलका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्राम लिनुपर्ने बताए पछि कडा रुपमा प्रतिवाद गर्नुभएको छ ।

एभरेष्ट मिशनसँग कुरा गर्दै सांसद जिसीले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले बिश्राम लिन संसदमा प्रस्ताब राख्ने माननीय गगन थापालाई यो पनि हेक्का रहोस कि ? २०३० सालमा केपी ओली ज्यू राजनैतिक मुद्वामा गोलघरको कठोर यातनामा हुनुहुन्थ्यो । आमाको भ्रुणमा थिए वा थिएनन् तर आज आफ्नै देशको प्रधानमन्त्रीलाई निरन्तर अनेकन ढंगले टिका टिप्पणिमा व्यस्त भएको पाउछौ । सडकदेखि सदनसम्म यसरि बिरोध गरिरहँदा हामी ज्यादै दुःखी र मर्माहित छौ । देशले स्वाभिमान पूर्वक नेपालीलाई अवतरण गराउन सफल सम्माननीय प्रधानमन्त्रीलाई यसरी जतिसुकै बेला पनि अस्वभाबिक ढंगले अभिव्यक्ति दिई रहनु बहुसंख्यक जनताको मनमा गहिरो चोट परेको महसुस गरिरहेकि छु ।’

प्रधानमन्त्री ओलीको व्यवहार र कार्य शैली एउटा कितावको खुल्ला पाना जस्तै रहेको बताउँदै उहाँले भन्नुभयो ‘सम्माननीय केपी शर्मा ओलीको जीवन कितावको खुला पाना जस्तै भन्नु भएको छ । यो खुला पाना पढ्नु पर्छ शुन्दर अक्षर र वाक्य अनि जीवनलाई मार्ग निर्देश गर्ने सहि मार्ग भेटिन्छ । आत्मबिश्वास र अदम्यसाहस छ । जीवनको त्यस्तो कुनै क्षण छैन आरम, मनोरञ्जन र आफ्नो परिवार भनेर खर्चिनु भएको ।’

देशको विकास र समृद्धिको ढोकालाई तिव्र गतिका साथ खुल्ला गर्दै समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा लाग्नुभएका प्रम ओलीलाई जुनसुकै समय यस्ता अनावश्यक कुराहरु अस्वभाविक ढंगले उठान गर्दै देश र जनताको विकास प्रतिको चाहनालाई कुठाराघात गर्ने कुनै पनि गतिविधि तथा अभिव्यक्ति नदिन आग्रह समेत गर्नुभयो । देश र जनता प्रति प्रम ओली दृढतापूर्वक अघि बढिरहनुभएको बताउँदै उहाँले भन्नुभयो, ‘देशभुकम्पले महाविपत्तिमा थियो । म बिहानै उहाँको निवासमा पुग्दा भुकम्पले घर हल्लाई रहेको थियो । कसरी विपत्तिमा परका जनताको शारथि बन्न सकिन्छ भनि बैठकका लागि घरबाट निस्कनु भयो । जनताले धेरै दुःख खेप्नु पर्दा जहिले पनि आँखा रसाएका हुन्थे । आफ्नो पढाई सकेर डाक्टरको सर्टिफिकेट लिएर आएका सबै विमानस्थलमा दुर्घटना हुँदा उहाँ रुनु भएको थियो । सबैलाई आफ्नो ठानेर नै बा भने थाहा छ बाबा त आफ्नै सन्तानलाई मोदि खोलामा फाल्ने पनि बाबा हुन । तर श्रद्धेय केपी शर्मा ओली गरिव, दुखी, असहाय सबैका साचो अविभावक बा हुनुहुन्छ । पूर्ण निको भएर फर्कनुस्, हामी जनताको काममा खटिरहेका छौ । ढुक्क हुनुहोस ।’