विश्व

छोराले सुंगुरलाई हानेको गोली लागेर बुवाको मृत्यु



एजेन्सी, ७ असोज । इटालीका एक व्यक्तिले सुंगुर शिकार गर्ने क्रममा हानेको गोली लागेर उनका बुवाको मृत्यु भएको छ ।

सालेर्नो राज्यको पोस्तिग्लिओने बजारको राष्ट्रिय निकुञ्ज क्षेत्रमा बुवा–छोरा सुंगुरको शिकार गर्न गएका थिए । सोही क्रममा सुंगुरलाई लक्षित गरी ३४ वर्षका छोराले हानेको गोली उनका बुवालाई लागेको हो ।

गोली लागेर घाइते भएका ५५ वर्षे मार्तिनो गाएडिओसोको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मनसाययुक्त हत्या नभए पनि दण्डनीय अपराध रहेको भन्दै ती व्यक्ति विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ ।