सम्पादकीय

विश्वका ३० प्रदूषित सहरमा काठमाडौँ सातौं नम्बरमा



केही दिन भयो, काठमाडौँको आकाश लगातार धुम्म छ । दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो–यहाँ पनि उत्तैको विषक्त वायु त आइपुगेन ? तर, विज्ञहरु भन्छन्– यो बाह्य प्रभाव होइन ।

काठमाडौँको वायुमण्डल आफैँमा प्रदूषित छ । हामीले पलपल सास फेर्ने हावामा धुवाँ र धुलोको मात्रा अत्यधिक छ । सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको भन्दा ६ गुणा बढीसम्म त्यस्तो धुवाँधुलो रेकर्ड भएको छ ।

पूर्वाधार निर्माण, सवारी साधन, इँटाभट्टा, घरभित्रको धुवाँ, फोहोर जलाइनु, कलकारखाना लगायत काठमाडौंको धुवाँधुलोका मुख्य स्रोत भएको छ ।

स्वीट्जरल्याण्डका विशेषज्ञहरुको एउटा समूहले गत बुधबार सार्वजनिक गरेको ‘आईक्यु एअर भिजुअल’ प्रतिवेदनमा विश्वका ३० प्रदुषित सहरको सूचीमा काठमाडौं सातौं नम्बरमा परेको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।