समाचार

काभ्रेको महाभारतमा दम्पती मृत फेला



काठमाडौँ, ९ जेठ । काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित ३ फुट्टेमा दम्पती मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएको हो ।

उनीहरूको हत्या भएको आशङ्कामा तालिम प्राप्त कुकुरको सहयोगले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।