समाचार

अरनिको राजमार्गमा नगरपालिकाले थाल्यो अनुगमन सफाई अभियान



भक्तपुर,१८ माघ । अरनिको हाइवेको भात्तेढिकुर चोकदेखि नलिन्चोक सम्म आज सरसफाईको कार्यक्रम सम्पन्न भयो । सूर्यविनायक नगरपालिका वडा ९ नंखेलको आयोजना भएको सफाई कार्यक्रमको शूरुवात वडा अध्यक्ष उपेन्द्र केसी र जगाती प्रहरी वृतका डीएसपी चक्रराज जोशीले संयुक्तरुपमा भात्तेढिकुर चौरमा झाडु लगाएर शूरुवात गरेका थिए ।

कार्यक्रममा अध्यक्ष केसीले आफू राजमार्ग सफाई गर्न यस पटक व्यवस्थित योजनका साथ सडकमा ओलिएको वताए । उनले भने– हामीहरुले करिब एक वर्ष अघि सडक सफाई अभियान थालेको र त्यसै कारण पहिलेको तुलनामा सडक सफादेखि पनि त्यसले निरन्तता नपाएकै कारण सो कार्यलाई निरन्तरता दिने योजनाका साथ फेरी सडकमा आएको हो । अब हामीले हाईवे मात्रै होइन, वडाभित्रका सार्वजनिक ठाउँ,मठमन्दिर खोलानाला पनि सफाई गर्ने अभियान चलाउने छौ , र सो अभियान पनि यसैगरी साथ र सहयोग पाउने अपेक्षा लिएको वताए ।

कार्यक्रममा नेप्सेम्याकका अधिकारी गोविन्द पौडेलले आजबाट अनुगमन सफाई अभियान चलाउन लागेको जानकारी दिदै उनले भने– सडक परिसरमा घर ,पसल भएकाहरुलाई आफ्नो घर वा पसल अगाडी फोहर नर्गन अनुरोध गर्दछौ ।
सफाई अभियानको कार्यक्रममा भूवनेश्वरी मावि,मदरलाण्ड वोडिङ स्कूल, अरनिको हाईवे होटल व्यवसायीसंघ,शान्ति भैरब सहकारी महिला समूल, यूयान हाविटेट लयागतका संघ ,संस्थाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको समापनमा जिल्ला समन्वय समितिका सदस्य श्रीराम व्यान्जुले सफाई अभियानलाई आउँदा दिनमा अझै सशक्त र प्रभावकारीढगबाट अघि बढाउने वताए ।
यस अघि वडाले वडाको भूगोलभित्र पलाँसे सफाई समिति,काक्ररावारी सफाई समिति नन्दिकेश्वर सफाई समिति  र शान्तिभैरब सफाई समिति गरी चारवटा समिति गठन गरीसकेको छ ।