राजनीति

युएईमा थप तीन जना नेपालीमा कोरोना संक्रमण



काठमाडौँ, २४ चैत । युएईमा थप तीन जना नेपालीमा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै युएईमा कोरोना संक्रमित नेपालीको सख्या ११ पुगेको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।

हालसम्म यूएईमा २ जना नेपाली उपचार पश्चात निको भएका छन्। ९ जनाको स्थिति सामान्य अवस्थामा उपचार भइरहेको दूतावासले जनाएको छ ।