राजनीति

अस्थिरता र विभाजनको मतियार नबन्न नेताहरुलाई पौडेलको ध्यानाकर्षण



काठमाडौँ, २० वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका नेता किरण पौडेलले पछिल्लो समय पार्टी भित्रको आन्तरिक विवादलाई अस्थितरता र पार्टी विभाजनको मतिया नबन्न शिर्ष नेताहरुलाई ध्यानाकर्षण गराउनुभएको छ ।

आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता पौडेलले पार्टी एकतामा भएको सहमति अनुसार अघि बढ्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘सरकारको नेत्रित्व ५ बर्ष केपी ओलीलेनै गर्ने र प्रचन्ड कमरेड कार्यकारी अध्यक्ष हुने सहमतिको मसी नसुक्दै ओली सरकार ढाल्न खोज्दा त्यस्को परिणाम के होला भन्ने हेक्का प्रचन्ड कमरेडलाई नभाको होला त ? पार्टीको अर्को माहाधिवेशनसम्म बहुमत र अल्पमतको आधारमा निर्णय हुने छैनन भन्या के हो ?’

वर्तमान प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नै समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई सार्थक तुल्याउन जनताले दिएको जनमतलाई लत्याउने प्रयास नगर्न सरकार परिवर्तन गर्नपर्छ भन्नेहरुलाई आग्रह गर्नुभयो । अहिले सरकारको विकल्प खोज्नेहरुको इतिहास साक्षी रहेको उल्लेख गर्दै उहाँले विगतमा पार्टी तथा सरकारको नेतृत्व गर्दा मुलुक तथा पार्टीको अवस्था कस्तो थियो भनि विगतलाई सम्झन समेत आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘यो जनमत केपी ओलीलाई ५ बर्ष सरकार चलाउनलाई नै प्राप्त भएको हो भन्ने कुरामा भ्रम छ र रु केपी ओली अगाडि दशकौंसम्म पार्टीको नेत्रित्व गर्ने नेताहरुले आ-आफ्नो पार्टीको साईज कहाँ सम्म पुर्‍याउनुभो भन्ने दुनियाँले देखेको छैन र ? के नेकपाका नेताहरुमा आगामी निर्वाचन जित्ने हिम्मत मर्दै गरेको हो र सबै पदको भागबण्डा यही बेला गर्नु पर्ने ? र बाहिरी आवरण जे दिए पनि भित्री रडाको र कुण्ठा बुझिएको छैन र ?’

आगामी करिव तीन वर्ष सरकारको नेतृत्व तथा महाधिवेशनसम्म पार्टी नेतृत्वको विकल्प खोज्नु दुर्घटनाको बाटो खोज्नु जस्तै हुने उल्लेख गर्दै उहाँले पार्टी तथा सरकार सञ्चालनमा कसैको गोटि नवन्न समेत आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘हैन भने कम्युनिस्ट आन्दोलन समाप्त पार्ने गरी चलिरहेको देशी बिदेशी तत्वको गोटी बन्ने काम गर्नु भो भने र यो सरकार ढाल्ने काममा लाग्नु भो भने यो देश अर्को २० बर्ष पछाडि धकेल्ने खेसंगै सुरु हुनेछ, त्यसको दाग तपाईंहरुमा पनि छेपिनेछ ।’